साउन ८,काठमाडौं : कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ। चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिनु भयो। चन्दकाअनुसार उनी लामो समयदेखि क्षयरोगबाट पीडित थिए।



