२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट

images

  • २०८० साउन ८, सोमबार
  • 1.4K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको गिरावट

    साउन ८,काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंक घटेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनमा १४२ अंक बढेको नेप्से आज भने करेक्सन देखिएको छ। आज नेप्से परिसूचक २६.६६ अंक घटेर २२००.५० विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि उच्च अंकले बढेको सेयर बजार एकदिन पनि टिकाउ नभई ओरालो लागेको छ।

    आज बजारमा २६५ स्टकको ७४ हजार १६१ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता शेयर कारोबार भएको छ। आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज नेप्सेमा ५० कम्पनीको सेयरमूल्य  बढेको छ भने १६३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। 

    photo24.JPG

    नेप्से सामान्य अंक ओरालो लागेपनि किसान लघुवित्त कम्पनीको मूल्य सकारात्मक सर्किट लागेको छ। सेयरमूल्य सर्वाधिक घट्नेमा एनआईविएल ग्रोथ फण्ड,  र लिवेर्टी इनर्जी रहेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.१४ अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स २.३२ अंक र फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।

    नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज ग्लोबल आईएमई बैंकको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने प्रभु बैंकको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    photo244.JPG

    आज अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। यस्तै, आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ