२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुँजीवादको अन्त्य नभएसम्म भ्रष्टाचारको अन्त्य हुदैन: विप्लव

images

  • २०८० साउन ८, सोमबार
  • 1.3K
    SHARES
  • पुँजीवादको अन्त्य नभएसम्म भ्रष्टाचारको अन्त्य हुदैन: विप्लव

    साउन ८,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पुँजीवाद नै भ्रष्टाचारको स्रोत भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता विप्लवले यस्तो बताउनु भएको हो।

    उहाँले पुँजीवादको अन्त्य नभएसम्म भ्रष्टाचारको अन्त्य नहुने जिकिर समेत गर्नु भयो। उहाँले नेपालमा भ्रष्टाचारले जरा गाडेको बताउदै सत्तामा मानिसहरूमा मात्रै नभइ नागरिकमा पनि भ्रष्टाचार मौलाएको बताउनु भयो।  

    सत्ता बस्ने मानिसहरुमा मात्रै होइन नागरिकमा पनि भ्रष्टाचार मौलाएको छ। यसको ज्वलन्द उदाहरण हो नक्कली भुटानी शरणार्थी प्रकरण उहाँले भन्नु भयो, (विप्लव)ले पुष्पलाल र कम्युनिष्ट आन्दोलनलाई गहिरो अध्ययन गर्न नयाँ पुस्तालाई सुझाव दिनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ