साउन८, एजेन्सी : क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले इटालीले वुमेन्स वर्ल्डकपमा सोमबार अर्जेन्टिनालाई १–० ले हराएको छ।
खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला जिरेलीले ८७ औं मिनेटमा गोल गरेकी हुन्। त्यसअघि ८३ औं मिनेटमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा मैदान छिरेकी थिइन्।
यस जितपछि स्वीडेनसँगै इटाली समूह जीको शीर्ष स्थानमा रहेको थियो। यसै खेलमा इटालीकी जिउलिआ ड्रागोनी वुमेन्स वर्ल्डकपमा खेल्ने सबैभन्दा कान्छी खेलाडीमध्ये एक भइन्।
विश्वकपमा अर्जेन्टिनाको सामना गरिरहँदा उनको उमेर १६ वर्ष २ सय ५९ दिन मात्र पुगेको थियो। पछिल्लो जुलाइमा मात्र उनले इटालीका लागि डेब्यु गरेकी थिइन्।



