२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी छ : गृहमन्त्री श्रेष्ठ

images

  • २०८० साउन ८, सोमबार
  • 1.4K
    SHARES
  • भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी छ : गृहमन्त्री श्रेष्ठ

    साउन८, काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताउनु भयो। पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ। उहाँले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताउनु भयो। 

    उहाँले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न नसकिने भएकाले पहिलो काम त्यसलाई बनाउनुपर्ने बताउनु भएको छ। 

    मन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ