साउन ९, काठमाडौं : वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ।
वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शय्या थप गरेर कूल ५ शय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।
वीर अस्पतालमा सञ्चालनमा आएको भीआइपी र भीभीआइपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका थिए।
स्वास्थ्य मन्त्री बस्नेतले भीआइपी र भीभीआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआइपी र भीभीआइपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताउनु भयो।
मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिनु भउको छ। उहाँले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताउनु भयो। मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रीत रहेको बताउनु भयो।



