२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं : सन्तोष परियार

images

  • २०८० साउन १०, बुधबार
  • 1.0K
    SHARES
  • सुन प्रकरणमा संसदमा एमालेको पछि लाग्दैनौं : सन्तोष परियार

    साउन १०, काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसँनधान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ।

    ‌रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भन्नु भयो, प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएको छ। संसदमै गृह र अर्थमन्त्रीको राजीनामा माग्ने एमालेको तयारी छ।

    तर, रास्वपाले अनुसन्धानमा रहेको विषयमा संसदमा मौन रहने नीति लिने भएको हो। ‘एमालेले कुनै पनि विषय उठाउन सक्छ्, उठाओस्, रास्वपा एमालेको पछि नलाग्ने उहाँले बताउनु भयो। 

    उहाँले भन्नु भयो, रास्वपाको पनि संसदीय दलको बैठक बस्दैछ। मंगलबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो। संसदमा उठाउनुपर्ने विषय र खेल्नुपर्ने भूमिकाका विषयमा संसदीय दलको बैठकमा छलफल हुने तर अन्य प्रतिपक्षी दलहरुले जे जस्ता विषय उठाउँछन्। त्यस विषयमा समर्थन जनाएर जाने भन्ने नहुने रास्वपाका नेताहरु बताउँछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ