साउन १०, काठमाडौं : नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन्। केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन्।
सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई पक्रो समेत गरेको छ।



