२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धरानमा डेंगुबाट २ महिनामा ७ जनाले ज्यान गुमाए

images

  • २०८० साउन १०, बुधबार
  • 1.2K
    SHARES
  • धरानमा डेंगुबाट २ महिनामा ७ जनाले ज्यान गुमाए

    साउन१०, काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले महामारीको रुप लिएको छ। अहिलेसम्म त्यहाँ डेंगु संक्रमितबाट ७ जनाको उपचारका क्रममा ज्यान गएको छ। 


    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ। 

    पोखरेलका अनुसार गत जेठ २३ गते धरान उपमहानगरपालिका(१७ की ३० वर्षीया महिलाले डेंगुबाट सुरूमा ज्यान गुमाएकी थिइन्। त्यसपछि असार १५ गते धरान–११ की ४० वर्षीया महिलाल ज्यान गुमाइन्। यही साउन २ गते धरान(११ का ७९ वर्षीय वृद्धले ज्यान गुमाए। त्यही दिन धरान–१८ की ८४ वर्षीया महिलाको पनि डेंगुबाट ज्यान गएको जानकारी पोखरेलले सञ्चारमाध्यमहरुलाई  दिनु भएको छ। 

    उहाँका  अनुसार साउन ३ गते धरान(५ की ५३ वर्षीया महिलाको ज्यान गयो। साउन ५ गते धरान(१० का ५६ वर्षीय पुरुष र धरान(२ का ७७ वर्षीय पुरुषको डेंगुका कारण ज्यान गयो। यी ७ मध्ये जेठ २३ गते निधन भएकी महिलाको मृत्युको मुख्य कारण डेंगु थियो। अन्य ६ जनालाई डेंगुसँगै दीर्घरोगी पनि रहेको पोखरेलले बताउनु भयो। 

    यी सातबाहेक अरु २ जनाको पनि डेंगुबाट निधन भएको बताइएको छ। तर पोखरेलले तिनको मृत्युको पनि पुष्टि प्रयास भइरहेको छ। उनीहरुको मृत्यु डेंगुबाट भए नभएको वडा कार्यालयबाट पुष्टि गर्ने प्रयासमा स्वास्थ्यकर्मी लागेका छन्। पानीको पनि चरम संकट भोगिरहेको धरानमा सबैभन्दा धेरै ११, १३, १५, १६, १७ र १८ वडा प्रभावित भएका छन्। पछिल्लो समय देशभर डेंगु फैलिँदै गएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ