२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

images

  • २०८० साउन ११, बिहीबार
  • 1.2K
    SHARES
  • सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    साउन ११,काठमाडौं : बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो।

    यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो। आज सोही मूल्यको नजिक पुगेको छ। बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो।

    आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ। चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ