२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

images

  • २०८० साउन ११, बिहीबार
  • 731
    SHARES
  • फिफा विश्वकप २०२६ छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

    साउन ११,काठमाडौं : एशियाली फूटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ छनोटको पहिलो राउन्डको खेल तालिका सार्वजनिक गरेको छ। जसमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ।

    पहिलो राउन्डमा ‘होम एन अवे’का आधारमा दुई खेल हुनेछन्। पहिलो खेल असोज २५ गते नेपालमा हुनेछ भने दोस्रो खेल असोज ३० मा लाओसमा हुनेछ।

    प्रधानमन्त्री थ्री नेसन्स कप २०२३ मा नेपालले लाओसलाई २–१ गोलले हराएर उपाधि जितेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० गोलले हराएको थियो।

    एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन्। विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्। 

    दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाइने छ।

    अहिले नेपाल फिफा वरियतामा १७५औँ स्थानमा छ। नेपालसँग प्रतिस्पर्धा गर्ने लाओस १८७औँ स्थानमा छ। यसमा जित हासिल गर्न सके नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ। यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ