२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज

images

  • २०८० साउन ११, बिहीबार
  • 836
    SHARES
  • सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति खारेज

    साउन ११ ,काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ। 

    कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो। 


    उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ