साउन ११,काठमाडौं : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ। बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर हेरफेर गरेको हो।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्रिस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो।
बागमती प्रदेश सरकारले यात्रुवाहक सवारी साधनमा गत जेठ ११ गतेदेखि लागू गरेको भाडादरमा २ दशमलव ३० प्रतिशत भाडा कम गरेको छ। नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ।
काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलो मिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्ने छ। उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ। यस्तै, बागमती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारी साधनको भाडा १३ रुपैयाँ ७४ पैसा प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ।
sodapdf-converted (1).pdf :To download file click here



