२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?

images

  • २०८० साउन १२, शुक्रबार
  • 1.3K
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?

    साउन १२,काठमाडौं : ऐतिहासिक उचाइ नजिक पुगेको सुनको भाउ आज शुक्रबार ९०० रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

    आज तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

    चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ