२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा १ अर्ब बढी

images

  • २०८० साउन १२, शुक्रबार
  • 1.5K
    SHARES
  • सिटिजन्स बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा १ अर्ब बढी

    साउन १२,काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। 


    चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.४१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेको देखिन्छ। यस वर्ष मात्रै कम्पनीले ५ अर्ब ८५ करोड रुपैयाँ  कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

    बैंकको संचालन नाफा १३.४२ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफामा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि १०.४४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १४.१२ प्रतिशत रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५.५९ प्रतिशत रहेको छ।

    बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ३ करोड रहेको छ। बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष २.२२ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ३.१९ प्रतिशत रहेको छ।

    असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ भने रिटेण्ड अर्निंङ्गमा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ०८ पैसा रहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ