साउन १२,काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता)केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गर्नु भएको हो।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनु भयो। सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो।



