२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोशी प्रदेशका सभामुखले राजीनामा दिनुपर्छ : विश्वप्रकाश शर्मा

images

  • २०८० साउन १२, शुक्रबार
  • 1.5K
    SHARES
  • कोशी प्रदेशका सभामुखले राजीनामा दिनुपर्छ : विश्वप्रकाश शर्मा

    साउन १२, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने   बताउनु भएको छ। 

    सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले प्रश्न गर्नु भयो, ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्दैन ? सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरात्माले भन्नुपर्ने शर्माले बताउनु भयो। 

    सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गरेका थिए। ‘अस्थिरता नहोस् भनी उहाँले त्यसबेला हस्ताक्षर गर्नुभयो भने अहिले सरकारविहीन नहोस् भन्नका लागि उहाँले राजीनामा गर्नुपर्दर्ने उहाँको भनाई छ। 

    भूमिका परिवर्तन गरी सरकारविहीनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ।

    गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी विना सत्ताघटकलाई बहुमत पुर्‍याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ