साउन १३, काठमाडौं : पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ५ कालीखोला नजिक खसेको पहिरोले सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन्।
यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। यस सडक हुँदै दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।



