साउन १५,काठमाडौं : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसअघि प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको छापावाल सुनलाई आज १ लाख १२ हजार ६ सय रुपैयाँ पर्नेछ भने १ लाख १२ हजार ३ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख १२ हजार ५० रुपैयाँ पर्नेछ।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासङ्घले जनाएको छ। यसअघि प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेको चाँदीको भाउ आज १ हजार ४ सय ५० रुपैयाँमा झरेको छ।



