२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुन:सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

images

  • २०८० साउन १५, सोमबार
  • 786
    SHARES
  • पुन:सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

    साउन १५,काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले  यस्तो बताउनु भएको हो। 

    सिटिइभिटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति नबनाए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भयो।

    साथै उहाँले सरकारी स्वास्थ्य संस्थाहरूबाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाइका साथ लागू गर्ने लगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्नुभएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ