२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

images

  • २०८० साउन १६, मंगलबार
  • 766
    SHARES
  • बालुवाटारमा डोजरसहित निर्माण व्यवसायीको विरोध प्रदर्शन

    साउन १६,काठमाडौं :निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलवार उनीहरूले ४वटा डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् । 


    प्रधानमन्त्री र केन्द्र सरकारको ध्यानाकर्षण गर्नको लागि बालुवाटारमा धर्ना दिइएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । 

    प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ