२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

images

  • २०८० साउन १६, मंगलबार
  • 901
    SHARES
  • मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

    साउन १६ काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आईपीओ आज बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।

    कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो।

    यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको थियो।

     यसरी हेर्न सकिन्छ नतिजा 

    कम्पनीकाे आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटकाे वेबसाइट https://bokcapital.com.np/, मनकामना इन्जिनियरिङ्ग हाइड्रोको वेबसाइट http://www.hydromanakamana.com.np/, सीडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/ र मेराे सेयरबाट हेर्न सकिन्छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ