२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

images

  • २०८० साउन १७, बुधबार
  • 1.3K
    SHARES
  • माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

     साउन १७ ,काठमाडौं :नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने भएको छ । 

     विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव हुने नेकपा माओवादी केन्द्रका एक नेताहरुले बताएका छन् ।  यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।

    माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु हुँदै छ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।

    केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ