२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

images

  • २०८० भदौ ६, बुधबार
  • 1.5K
    SHARES
  • शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुले बुझायो शिक्षा मन्त्रीलाई ज्ञापनपत्र

     भदौ ६,काठमाडौं विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न माग गरेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले मूल्य घटाउन माग गरेको हो।‘इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० श्रावण २५ को निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत् आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएको प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’।

    अनेरास्ववियुले ज्ञापनपत्रमा उल्लेख गरेको छ, ‘सर्वसुलभ रूपमा गरिब जेहेन्दार विद्यार्थीहरुको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्यत् रहेको पुष्टि हुन्छ।’

    मन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरे। आफूहरूको माग कार्यान्वयन नभए थप आन्दोलन गर्ने पनि   बताउनु भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ