भदौं ८,काठमाडौं : पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन्। शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन् ।
विद्यार्थीहरूले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन चर्काउँदै आएका छन्। बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पुर्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।
बिहीबार पनि अनेरास्ववियुका विद्यार्थीहरूले डिनको कार्यालय अगाडि नाराबाजी गर्दै शुल्क वृद्धिको विरोध गरेका थिए। शुक्रवारको विरोध प्रदर्शनमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनको सहभागिता रहेको थियो।



