२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

किशोरलाई हुन्डी कारोबारमा भरियाका रूपमा प्रयोग

images

  • २०८० फागुन ८, मंगलबार
  • 861
    SHARES
  • किशोरलाई हुन्डी कारोबारमा भरियाका रूपमा प्रयोग

    बेलबारी : पछिल्लो समय मोरङको सीमावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई  नियन्त्रणमा लिन थालेको छ। पक्राउ परेकामध्ये १८ वर्षमुनिका भएको उनीहरू र व्यावसायिक हुन्डी कारोबारीका भरिया मात्र भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

    गत कात्तिक १४ गते स्रोत नखुलेको रु २१ लख ८७ हजार सीमापारिबाट ल्याउँदै गरेको अवस्थामा १६ वर्षीय भारतीय मूलका एक किशोरलाई प्रहरीले सीमा नाका नजिकैबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनलाई व्यावसायिक हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो। 

    हुन्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारिको कालो धन हुन्डीमार्फत भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानले देखाएको  छ। गुप्ता र साह हाल फरार भएका छन्। सोही कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी–व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी र व्यवसायीले भरियामार्फत हुन्डीको रकम ल्याउने र पुर्‍याउने गर्दै गरेको प्रहरीको आशङ्का छ। 

    जिल्ला प्रहरीले स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित सुनसरीका देवान गन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई गत पुस ११ गते जोगवनी नाका नजिकको केशलिया मार्गबाट नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि अनुसन्धान गर्दा साह जय माता टेर्डस देवनगन्ज सुनसरीमा धान चामलको व्यापार गर्ने व्यापारी व्यावसायिक हुन्डी कारोबारी भएको पुष्टि भएको प्रवक्ता दाहालले बताउनुभयो।

    केही समयअघि विराटनगर–१५ का धर्मनन्द साहलाई स्रोत नखुलेको रु चार लाख ७५ हजार र सोही ठाउँका रञ्जित साहलाई पनि स्रोत नखुलेको रु ९ लाख २० हजारसहित पक्राउ गरिएकामा दुवै जना हुन्डी कारोबारीका भरिया भएको पुष्टि भयो। अवैध हुन्डीको कारोबार गर्ने सुनसरी बर्जू–३ का २४ वर्षीय उमाकान्त रायलाई पनि गत असोजमा स्रोत नखुलेको रु १० लाखसहित परेका थिए। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरिएको प्रवक्ता दाहालले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ