२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रुपन्देहीमा मजदुरबीच झडप : एकको मृत्यु, तीन जना गम्भीर, १३ जना पक्राउ

images

  • २०८० असोज २, मंगलबार
  • 696
    SHARES
  • रुपन्देहीमा मजदुरबीच झडप : एकको मृत्यु, तीन जना गम्भीर, १३ जना पक्राउ

    असोज २,काठमाडौं : गएराति रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एक जना मृत्यु र तीन जना घाइते भएका छन्।मृत्यु हुनेमा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङ भएका प्रहरीले बताउनु भयो।


    झडपका क्रममा गम्भीर घाइते भएका हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको उपचारका लागी लैजाने क्रममा मृत्यु भएका थिए।

    झडपमा परी काठमाडौं महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते भएका छन् ।

    तिलोत्तमा नगरपालिका ९ स्थित एक रेस्टुरेन्टमा सोमबार साँझ मादक पदार्थसहितको भोज खाएपछि मजदुरहरुले आपसमा झगडा गर्दा घटना भएको हो। 

    घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १३ जनलाई पक्राउ गरेको छ। उनीहरुमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ