काठमाडौँ : फिजिकल बटम रहित टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपालमा सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको यो कार आज बिहीबार एक कार्यक्रम गर्दै अरेट इन्टरनेशनलद्वारा सार्वजनिक गरेको हो। लग्जरी फिचर भएकाले यो कारले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो बिक्री र प्रतिक्रिया पाइरहेको छ।
टेस्लाले पहिलो पटक ठुलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रिक कार वर्गमा सर्वोत्कृष्ट स्थान रहेको छ। त्यसमा पनि ठुलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौँ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले बताउनु भयो।

फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याबिनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।
रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध मोडल थ्री हाइल्याण्डमा १९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ। २२५ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा दौडन सक्ने फेस लिफ्टले केबल ५.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पिड भेट्टाउने छ। यसको पीक टर्क भने ३४० एफएम छ।

गाडीले ५५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ साथै ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको ग्राउन्ड क्लियरेन्स १३९ देखि १८० एफएमसम्म छ। १७० किलोवाट क्षमतासम्मको डिसी फास्ट चार्जर यसले सपोर्ट गर्छ। सामान्यतया यसलाई ११ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्न सकिन्छ।
कालो, सेतो र काठको कलरबाट सजिएको भित्र भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ। यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेको छ।

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम फेसलिफ्ट मोडलमा पाउन सकिन्छ। सबै लाइड एलइडी रहेको कारमा १९ इन्टको आकर्षक अलोय ह्वील दिइएको छ। एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ।
कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ भने एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ। नेपालमा कम्पनीका अनुसार याे गाडीको मूल्य १ करोड ३५ लाख तोकिएको छ।

#अरेट इन्टरनेशनल #टेस्ला मोडल थ्रीको २०२४ भर्सन