२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

निषेधित क्षेत्र तोड्ने ४९ लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा

images

  • २०८० फागुन १४, सोमबार
  • 771
    SHARES
  • निषेधित क्षेत्र तोड्ने ४९ लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा

    काठमाडौँ : काठमाडौँको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ।

    सङ्घीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।उहाँले भन्नुभयो, “सरकारले सङ्घीय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेकामा आज लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएका हौँ।” 

    नियन्त्रणमा लिइएकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। केही समययतादेखि उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका छन्। लघुवित्त पीडित सङ्घर्षका नाममा उनीहरूले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ