२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वीरगञ्जको बाल सुधार गृहबाट दुई जना भागे

images

  • २०८० असोज १२, शुक्रबार
  • 1.1K
    SHARES
  • वीरगञ्जको बाल सुधार गृहबाट दुई जना भागे

    असोज १२, काठमाडौं : आज शुक्रवार बिहान पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागेका छन्। वीरगञ्जको सुधार गृहमा १ सय २६ जना राखिएका छन्।

    आज बिहान सुधार गृहको छतबाट हाम फालेर २ जना भागेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिनुभयो। फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका प्रहरीले बताउनुभयो।

    यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केही कैदीबन्दीलाई पर्सा लगिएको थियो। भक्तपुरका कैदीबन्दीलाई लगेपछि वीरगञ्जको सुधार गृहमा पनि झडप भएको थियो। वीरगञ्जको सुधार गृहमा झडप हुँदा दुई जना प्रहरीसहित १४ जना घाइते भएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ