२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोखामा कपडा बैङ्कको शुभारम्भ

images

  • २०८० फागुन १८, शुक्रबार
  • 1.3K
    SHARES
  • टोखामा कपडा बैङ्कको शुभारम्भ

    काठमाडौँ : काठमाडौँको टोखा नगरपालिकामा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको छ। नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैङ्क नेपालको सहकार्यमा आज ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको हो।

    नगर प्रमुख प्रकाश अधिकारीले देशभरबाट प्रयोगमा नआएका कपडा सङ्कलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिसमाझ पुर्‍याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनुभयो। “गरिब तथा असहाय जसले कपडा किन्न सक्दैनन्, त्यस्ता मानिसलाई ‘रिसाई कल’ गरी कपडा उपलब्ध गराउनका लागि कामको थालनी गरेका छौँ”, उहाँले भन्नुभयो।

    नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समाजमा आर्थिक रूपमा विपन्न भएका मानिसलाई उक्त अभियानले सहयोग पुग्ने बताउनुभयो। “यो नेपालमा मात्र होइन विश्वभर यस्ता प्रयोग हुँदै आएका छन्, जसको आयआर्जन कम छ, त्यस्ता व्यक्तिले यहाँ आएर कपडा लैजान सक्नुहुन्छ”, उहाँले भन्नुभयो।

    नगर उपप्रमुख मुरारी तामाङले क्लोथ एन्ड फुड बैङ्कले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रयोग नभएका कपडालाई रिसाई कलिङ गरी गुणस्तरीय कपडा उत्पादन गरी गरिब, दुःखीलाई निःशुल्क बाँड्ने अभियानमा नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्नुभयो।

    क्लोथ एन्ड फुड बैङ्कका प्रमुख कमल बिसीले पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी तथा टोखाका बासिन्दाको सहभागिता थियो।

    #टोखा नगरपालिका

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ