२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

images

  • २०८३ असोज ११, आइतबार
  • 276
    SHARES
  • विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

    विराटनगर : प्रदेश सरकारहरूका साझा चुनौती फुकाउन र संघीयतालाई थप प्रभावकारी बनाउन असोज २२ र २३ गते विराटनगरमा 'मुख्यमन्त्री सम्मेलन' आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको मुख्य आयोजनामा हुन लागेको यस दुई दिने भेलामा देशैभरका सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहनेछ।

    सम्मेलनको मुख्य उद्देश्य प्रदेशहरूले भोगिरहेका समस्या सुल्झाउनु, अनुभव साटासाट गर्नु र वित्तीय तथा शासकीय सुशासन प्रवर्धन गर्नु रहेको छ। आयोजक कोशी प्रदेश सरकारले कार्यक्रमको आवश्यक सम्पूर्ण पूर्वतयारी तीव्र पारिएको जनाएको छ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका अड्चन र प्रदेशहरूले हासिल गरेका असल अभ्यासहरूबारे गहन छलफल हुनेछ। प्रदेशको आर्थिक समृद्धि, अधिकार बाँडफाँड र सुशासन कायम गर्न यो भेला कोसेढुङ्गा साबित हुने उनले बताए।

    सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन कोशी प्रदेश योजना आयोगलाई तयारी र समन्वयको प्रमुख जिम्मेवारी सुम्पिइएको छ। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रारम्भिक संवाद र समन्वय भइसकेको जानकारी दिए।

    असोज २२ गते औपचारिक उद्घाटनपछि सुरु हुने विभिन्न सत्रहरूमा मुख्यमन्त्रीहरूसहित प्रदेश योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ताहरू र वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

    दुई दिनसम्म चल्ने छलफलमा :

    • प्रदेशले भोगेका व्यवहारिक तथा कानुनी जटिलता

    • संघ, प्रदेश र स्थानीय तहबीचको तीन तहगत समन्वय

    • कानुन निर्माण र कार्यान्वयनका पक्षहरू

    जस्ता मुख्य एजेन्डाहरूमा अन्तरक्रिया गरी साझा रणनीति तय गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ