२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

images

  • २०८० असोज १६, मंगलबार
  • 1.0K
    SHARES
  • हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ

    असोज १६, वीरगञ्ज : पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबुु राउत बिन रहेका छन्।

    पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

    कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् । आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो ।

    लालबाबु पक्राउ परेपछि उनले दिएको बयाण्नको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ