असोज १७, काठमाडौं : दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन्। काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन्।
चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन्।



