काठमाडौँ : काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाई भाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाई भाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो। “ठमेलस्थित गरिमा विकास बैङ्कबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलवार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो।



