२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति राजपथ बन्द गरिने

images

  • २०८० फागुन २८, सोमबार
  • 666
    SHARES
  • आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति राजपथ बन्द गरिने

    पाटन : ललितपुरको टीका भैरवदेखि तिनपाने भन्ज्याङ, भट्टे डाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्ति राजपथ ४५ दिनका लागि बन्द हुने भएको छ। ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति राजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो।

    “मर्मत सम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ। यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो। सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उहाँले भन्नुभयो। 

    ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो। बैठकले कान्ति राजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ। 

    विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको इन्जिनियर महर्जनले बताउनुभयो। सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ। 

    कान्तिराजमार्गको हेटौँडा बुद्ध चोकदेखि ललितपुरको सात दोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो। यसमध्ये बुद्ध चोकदेखि–टीका भैरवसम्म ७९ किमी सडक आयोजनाले निर्माण गर्ने हो। बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । 

    टीका भैरवदेखि चापागाईँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुन कोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीका भैरवबाट छम्पी भैँसे पाटी हुँदै नख्खुसम्म तय गरेको छ। भैँसे पाटीसम्म सडक चौडा भएपछि छम्पी टीका भैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ