२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचार गरेको अभियोगमा वरिष्ठ फिल्ड सहायकविरुद्ध मुद्दा दायर

images

  • २०८० चैत ३०, शुक्रबार
  • 611
    SHARES
  • भ्रष्टाचार गरेको अभियोगमा वरिष्ठ फिल्ड सहायकविरुद्ध मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ। आयोगले अधिकारी विरुद्ध रु १९ लाख २ हजार २ सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

    हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ