२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लन्च भएको छोटो समयमै नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री

images

  • २०८१ वैशाख १०, सोमबार
  • 536
    SHARES
  • लन्च भएको छोटो समयमै नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री

    काठमाडौं : नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा ई फाइभ बिक्री गरेको छ। बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरणसँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि गरिएको छ। हाल नेपलमा ओमोडा ई ५ को मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।


    नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एसआर शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदले संयुक्त रुपमा सोमबार शोरुमको उद्घाटन गरेको गर्नु भएको थियो। कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि चेन सोड‌द्वारा गाडीको साँचो हस्तान्तरण गरिएको हो।


    कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरीमा नेपालमा बुकिङ खुल्ला गरिएको बताउनुभयो। नेपालका मात्रै चार सयभन्दा बढीको बुकिङ भइसकेको र १ सय ५१ गाडी हाल नेपाली सडकमा गुडिरहेका उल्लेख गर्नुभयो। नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्दा उत्प्रेरित र उत्साहित भएको बताउनुभयो।

    सार्वजनिक भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाइ प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ। विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधिसहित छलाङ मार्दै, एसपीजी अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ओमोडा इ फाइभ मोडल लन्च गरेको थियो।

    यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्लेड ब्याट्री हो, जसको प्रभावशाली उर्जाले एक पटकको चार्जमा डब्लूएल टीपी रेन्ज ४ सय ३० किलोमिटर दिन्छ। यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्वपूर्ण एडास सुरक्षा विशेषताहरु उपलब्ध छन्।

    एसपीजी आटोमोबाइल्स प्रा.लि. ओमाडा र जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो।

    एपीजीले सवारी बिक्रीसँगै सर्भिस तथा चार्जिङ पूर्वाधार निर्माणलाई पनि प्रथमिकता दिएको छ। एसपीजीले चार्जिङ स्टेसनमा लगानी गरिरहेको छ। जति डिलर पोइन्ट छ सबै ठाउँमा २२ किलोवाटको चार्जिङ पोइन्ट अनिवार्य जडान गरिरहेको छ। देशका प्रमुख सहरहरुमा चार्जिङ र सर्भिसका लागि काम भइरहेको शारदाले बताउनुभयो।

    लक्सजरी र विशेषताका कारण ओमोडा ई फाइभ धेरैको रोजाइमा पर्नेछ। यो कार २० देखि ८० प्रतिशत चार्ज हुन डीसी फास्ट चार्जरबाट २७ मिनेटमात्रै लाग्छ। अन्य धेरै विशेषताका कारण ओमोडा ई फाइभ नेपाली उपभोक्तामा लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ