२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टाटा मोटर्सद्वारा म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्दै

images

  • २०८१ वैशाख १२, बुधबार
  • 386
    SHARES
  • टाटा मोटर्सद्वारा म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्दै

    काठमाडौँ : नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेन्ज मेला’ कार्यक्रम आयोजना गर्ने भएको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ।

    ग्राहक वर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचिलाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको हो। मेला यही वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

    म्याक्सचेन्ज मेलामा टाटा नेक्सन ई भी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आई फोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन्।

    यस म्याक्सचेन्च मेलाको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन ई भी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ