२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 516
    SHARES
  • गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

    काठमाडौँ : गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता भएको छ।

    नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक ट्रेडर्सबाट टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई गरिमा विकास बैंकबाट आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो। सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश राजभण्डारीले हस्ताक्षर गरेका छन्।

    सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतमा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन्।

    ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन्। सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ