२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दैनिक ५ हजार लाइसेन्स छपाइ भइरहेका छन्ः उपप्रधानमन्त्री महासेठ

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 341
    SHARES
  • दैनिक ५ हजार लाइसेन्स छपाइ भइरहेका छन्ः उपप्रधानमन्त्री महासेठ

    काठमाडौँ : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलेले हालको लाइसेन्स वितरण कार्यलाई थप प्रभावकारी बनाउन लागिएको बताउनुभयो।
     
    प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा उहाँले लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन दैनिक ५ हजारसम्म लाइसेन्स छपाइ भइरहेका जानकारी दिनुभयो। “अहिले सबैभन्दा ठूलो समस्या लाइसेन्सको छ। विभिन्न कारणले लाइसेन्स छपाइ बन्द थियो। करिब एक महिनादेखि भने दैनिक ५ हजारसम्म लाइसेन्स छपाइ भइरहेका छन्, यसलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ”,उपप्रधानमन्त्री महासेठले भन्नुभयो। 

    लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन ग्लोबल बोलपत्र आह्वान गरेर नयाँ प्रविधि थपेर छपाइ र वितरणलाई तीब्रता दिने बताउँदै महासेठले अहिलेकै गतिमा छपाइको काम भए एक वर्षभित्र कामले पूर्णता पाउने बताउनुभयो। त्यसैगरी उहाँले राष्ट्रिय राजमार्गको मर्मत र स्तरोन्नतीको कामलाई परिणाममुखी बनाइने तथा राष्ट्रिय गौरबका आयोजनालाई थप गतिशील बनाउन योजनाबद्ध रूपमा काम अगाडि बढाइएको जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ