२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वास्थ्य परीक्षणका क्रममा फरार अभियुक्त पक्राउ

images

  • २०८० कात्तिक १३, सोमबार
  • 706
    SHARES
  • स्वास्थ्य परीक्षणका क्रममा फरार अभियुक्त पक्राउ

    कात्तिक १३, दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन्।

    घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो। 

    आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडीबाट उनलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो। 


    नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो। त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो। मोबाइल चोरी गरेको अभियोगमा ३ दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा परेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ