२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु, अब राइडरले १० प्रतिशत तिर्नुपर्ने

images

  • २०८१ वैशाख २४, सोमबार
  • 871
    SHARES
  • नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु, अब राइडरले १० प्रतिशत तिर्नुपर्ने

    काठमाडौँ : राइड शेयरिङ एप ‘इन्ड्राइभ’ले नेपालमा आधिकारिक रूपमा आजदेखि सेवा सुरु गरेको छ। साेमबार काठमाडाैंमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले आजदेखि औपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिनुभयो।

    उनले भनिन्, ‘हामीले केही वर्ष परीक्षणका लागि सेवा सञ्चालन गरेका थियौँ, केही कानुनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिक रूपमा सेवा सुरु गरेका छौँ।’

    उनले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो। उनले राइडरहरूले सेवा उपयोग गरेबापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिनुभयो। कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ।

    इन्ड्राइभले हाल यो सेवा काठमाडौं, पोखरा र भरतपुरमा उपलब्ध हुने र आगामी दिनमा अन्य शहरमा पनि सेवा विस्तार गर्दै जाने जनाएकाे छ। कम्पनीले राइड शेयरिङ बाहेक कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलले जानकारी दिनुभयो। 

    इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रूपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताउनुभयो। उनले भने, ‘हाम्रा लागि नेपाली बजार अत्यन्तै महत्त्वपूर्ण छ र हाम्रा सेवाहरूले रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ