२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँ महानगर भित्रका ९० विद्यालयले गरे नाम फेर्न प्रस्ताव

images

  • २०८१ वैशाख २६, बुधबार
  • 426
    SHARES
  • काठमाडौँ महानगर भित्रका ९० विद्यालयले गरे नाम फेर्न प्रस्ताव

    काठमाडौँ : काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ९० विद्यालयले नाम फेर्नका लागि प्रस्ताव पेश गरेका छन्। सार्वजनिक सूचना जारी भएयता अहिलेसम्म ९० वटा विद्यालयहरूले नाम प्रस्ताव पेश गरेको महानगरका सहप्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो।

    महानगरले गत चैत २१ गते अंग्रेजी नाम भएका विद्यालयहरूले नाम फेर्नुपर्ने भन्दै सूचना निकालेको थियो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि नाम फेर्नुपर्ने ३३५ वटै निजी विद्यालयहरूलाई नाम परिवर्तन गर्न ताकेता समेत गरेको थियो।

    ‘हामीले सूचना जारी गरेपछि ३३५ विद्यालयलाई पत्राचार गरेका थियौं,’ सहायक प्रवक्ता अधिकारीले भने, ‘त्यसपछि ९० वटा विद्यालयले नाम प्रस्ताव परिवर्तन गरेका छन् भने ९४ वटा विद्यालयले पछि परिवर्तन गर्छौं भनेर निवेदन दर्ता गरेका छन्।’

    यस्तै, अहिलेको नामै कायम हुनुपर्छ भनी २३ वटा विद्यालयले निवेदन दिएको उनले बताउनुभयो र नाम फेर्नुपर्ने १२८ विद्यालय अहिलेसम्म सम्पर्कमा नआएको अधिकारीले बताउनुभयो। ‘जो सम्पर्कमा आउनुभएको छैन उहाँहरू महानगरको कारबाहीमा पर्न सक्नुहुनेछ,’ उनले भने, ’त्यसैले समयसीमाभित्रै नाम प्रस्ताव गरी निवेदन दर्ता गर्नुहोस्।’

    अनुसार अटेर गर्ने विद्यालयहरूलाई खारेजी सम्मको कारबाही हुनसक्छ। त्यसको लागि महानगरको शिक्षा विभाग हुँदै शिक्षा समिति र कार्यपालिकाले कुन विद्यालयलाई कस्तो कारबाही गर्ने भनेर निर्क्यौल गर्ने उनले बताए । यस्तै, परिवर्तित नाम राष्ट्रिय विभूति, सम्पदा वा नेपालीपन झल्कने खालको हुनुपर्ने पनि उनी बताउँछन्।

    चैत २१ गते सार्वजनिक सूचना जारी गर्दै नेपालीपन झल्कने नाम नभएका विद्यालयलाई नाम परिवर्तन गर्न ३५ दिने अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटम वैशाख २८ गते सकिँदै छ। सम्पर्कमै नआएका विद्यालयलाई सम्पर्कमा आउन उनले आग्रह समेत गरेका छन्।

    अहिले अधिकांश संस्थागत विद्यालयको नाम विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० अनुसार नभएको भन्दै चैत २१ गते नेपालीपन झल्कने नाम राख्न सार्वजनिक सूचना जारी गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ