२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ

images

  • २०८० कात्तिक १३, सोमबार
  • 856
    SHARES
  • भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच पक्राउ

    कात्तिक १३, काठमाडौं : भन्सार छली गरी सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई तथा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।

    उहाँका अनुसार कतार एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरुले भन्सार छली गरी सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ सिनामङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो। 

    उनीहरुको साथबाट प्रहरीले रु २६ लाख ५१ हजार ८ सय ५ दशमलव ४७ मूल्य बराबरको ३ थान सुनको ढिक्का (जम्मा तौल २ सय १४ दशमलव ३६ ग्राम), ३ थान सुनका सिक्री (जम्मा तौल ५० दशमलव .०१ ग्राम) र नगद रु १ लाख १० हजार बरामद गरेको थियो। 

    उनीहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ