२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गोदावरीका पूर्वप्रमुख र उपप्रमुखविरुद्ध मुद्दा दायर

images

  • २०८१ जेठ २१, सोमबार
  • 461
    SHARES
  • गोदावरीका पूर्वप्रमुख र उपप्रमुखविरुद्ध मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित नौजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो। 

    नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० मा खानीजन्य वा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आह्वान एवम् ठेक्का सम्झौता गर्दा कानुन विपरित काम गरेको आयोगको अनुसन्धानले देखाएको छ। आयोगले पूर्व नगरप्रमुख महर्जनविरुद्ध रु २६ करोड ६३ लाख ३७ हजार बराबर भ्रष्टाचार गरेको अभियोग लगाएको छ। यस्तै उपप्रमुख अधिकारीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ। 

    नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत प्रविन कोइराला, राजस्व शाखा प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्स्ट्रक्सन र त्यसका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोजका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा उद्योगका सञ्चालक शशिराज शाही र वीरेन्द्र महर्जन विरुद्ध पनि समान बिगो दावी गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ