२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो

images

  • २०८१ जेठ २३, बुधबार
  • 496
    SHARES
  • चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो

    काठमाडौँ : विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ।चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता बिरुवा लगाइएको हो। 

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी र चन्द्रागिरि हिल्स लिमिटेडका सहमहाप्रबन्धक श्याम तण्डुकार लगायतले सो अवसरमा वृक्षरोपण गर्नुभएको थियो। सो अवसरमा नगरप्रमुख गिरीले प्राकृतिक रुपले सुन्दर चन्द्रागिरिको सुन्दरतालाई जोगाइराख्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “वृक्षरोपण गरिएका बिरुवालाई हुर्काउन र यहाँको प्राकृति वातावरण जोगाइराख्न हिल्सले थप ध्यान दिनुपर्छ।”

     लिमिटेडका मानवसंसाधन प्रमुख झलकराज शर्माका अनुसार नयाँ पुस्तालाई एकपटक लगाएर वर्षौं लाभ लिन सकिने बोटबिरुवासँग परिचित गराउने उद्देश्यले वृक्षरोपण गरिएको हो। रोपणका साथमा संरक्षण तथा संवद्र्धनका लागि समेत  हिल्सले विशेष पहल गरेको जनाइएको छ। पछिल्लो समय चन्द्रागिरि केबुलकार आसपास करिब १७ हजार बोटबिरुवा हुर्किरहेको जानकारी उहाँले दिनुभयो  

    हिल्समा विगत एक दशकदेखि वनस्पति संरक्षण गरिरहनुभएका वनस्पतिविद् विन्देश्वर रायका अनुसार केबुलकार परिसरमा सकेसम्म रैथाने वनस्पतिलाई नै हुर्काउने नीतिअनुसार त्यस्तै बिरुवाको बेर्ना तयारी गरी रोपिएको हो। उहाँले भन्नुभयो, “लोक्ताबाट कागज तयार हुन्छ। जमानेमान्द्रो आयुर्वेदिक चिकित्सामा सर्वाधिक प्रयोग हुने जडीबुटी हो । यस्तै अचारको मसलाका रुपमा प्रयोग हुने टिम्बुरलाई नगदे बनस्पति समेत मानिन्छ।” 

    यसैगरी स्टेसन परिसरमै सुन्तला, आरु, आरुबखडा, नास्पाती, हलुवावेद, खुर्पानी, लप्सी र अम्बाका जस्ता फलफूल समेत गरी कूल दुई सय बिरुवा लगाइएको जानकारी  वनस्पतिविद् रायले दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ