२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

images

  • २०८१ असार ६, बिहीबार
  • 611
    SHARES
  • अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

    लमजुङ : पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

    डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताउनुभयो । यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

    पैसठ्ठी किलोमिटर रहेको यस सडकमा  साना–ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ