२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टोखा नगरपालिकाको अनुमानित बजेट १ अर्ब ७० करोड

images

  • २०८१ असार १२, बुधबार
  • 541
    SHARES
  • टोखा नगरपालिकाको अनुमानित बजेट १ अर्ब ७० करोड

    काठमाडौँ : टोखा नगरपालिकाले २०८१-८२ को लागि १ अर्ब ७० करोड रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सोमबार बसेको पन्ध्रौं नगरसभाको बैठकमा उपप्रमुख मुरारी तामाङले आय–व्यायको बजेट प्रस्तुत गरेका हुन् ।

    बजेटको चालू खर्चतर्फ ६६ करोड २७ करोड ६९ लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३ करोड ७२ लाख ४० विनियोजन गरेको छ ।

    आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्चमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व वाँडफाँडवाट रु. ५ड करोड ६७ लाख ६ हजार, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. १२ करोड ५८ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २३ करोड, आन्तरिक एवं अन्य आयवाट रु. ३२ करोड ८८ लाख २१ हजार, जनसहभागिताबाट ७५ लाख र चालु आर्थिक बर्षबाट अल्या हुने रकम रु. ४२ करोड बाट व्यहोरिने छ ।

    २०८९ जेठ मसान्त सम्म आर्थिक वर्ष २०७-८९ को आन्तरिक आय १९ करोड ४३ हजार रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्त सम्म आर्थिक ष्वर्ष २०८९-८१ को आन्तरिक आय २९ करोड ६५ लाख ६० हजार रहेको छ । जुन समिक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक बर्षको आन्तरिक आय ५६.०५ प्रतिशत बढी हुन आउँछ । त्यसैगरी चालु आर्थिक बर्षको लागि आन्तरिक आयको संशोधित अनुमान २५ करोड ७२ लाख ७२ हजार रहेकोमा २०८१ जेठ मसान्तसम्म वास्तविक आन्तरिक आय चालु आर्थिक वर्षको लागि संशोधित अनुमान भन्दा १५.२७ प्रतिशत बढी हुन आउँछ ।

    आर्थिक वर्ष २०७९-८० को यथार्थ खर्च ६५.३ प्रतिशत रहेको छ । सम्बन्धित शीर्षकमा विनियोजित रकममध्ये चालु खर्च ७२.९५ प्रतिशत र पुजीगत खर्च ६१.३३ प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्ष २०८९-८१ मा कूल आय–व्ययको अनुमान रु। १ अर्व ७५ करोड ६७ लाख ५९ हजार, जसमध्ये चालु खर्च रु. ७१ करोड २५ लाख ४९ हजार अर्थात् ४०.५६ प्रतिशत र पुजीगत खर्च रु. १ अर्ब ४ करोड ६० हजार अर्थात् ५९.४४ प्रतिशत हुने संशोधित अनुमान रहेकोमा २०८१ जेठ मसान्तसम्म चालु खर्च रु. ४४ करोड ७३ लाख ५२ हजार अर्थात् ६३.७८ प्रतिशत र पुँजीगत खर्च रु. ४८ करोड २३ लाख १ हजार अर्थात् ४६.३७ प्रतिशत गरी कूल खर्च ९२ करोड ९३ लाख ५३ हजार अथात् ५२.९१ प्रतिशत रहेको छ भने सो अवधि सम्मको कूल खर्च मध्ये चालु खर्च ४८.१२ प्रतिशत र पुजीगत खर्च ५१.८८ प्रतिशत हुन आउँछ ।

    बजेटका उद्देश्य र प्राथमिकता :

    रोजगारी सिर्जना र गरिबी निवारण गर्नु, स्रोत साधनको सन्तुलित र अधिकतम् परिचालन मार्फत् दीगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्नु, सार्वजनिक सेवालाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी वनाउनु, दीगो विकास लक्ष्यको स्थानीयकरण मार्फत दिगो विकास लक्ष्यका सूचकहरु हासिल गर्नु तथा देशलाई विकासशिल तथा मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न योगदान पुर्याउनु बजेटको मुख्य उद्देश्य रहेको छ ।

    उद्यम विकास, संस्कृति परम्पराको जगेर्ना तथा पर्यटन प्रवद्र्धन, करको दरमा पुनरावलोकन तथा दायरा विस्तारमार्फत् आन्तरिक राजस्व परिचालनमा बृद्धि, लक्षित बर्गको सशक्तिकरणमार्फत् आर्थिक, सामाजिकस्तरमा परिवर्तन , शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सूचना प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवद्र्धन र द्वीगो पूर्वाधार निर्माणलाई बजेटको मुख्य प्राथमितकता दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ