काठमाडौँ : आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले हिजो बालाजुबाट पक्राउ गरेको छ। उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत भोलिसम्म भन्न सकिन्छ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।



